शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) को बोर्ड बैठक सम्पन्न, यस्तो भयो गहकिला निर्णय प्रतिवेदन सहित
कगेश्वारी बिशेष

राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) को बोर्ड बैठक सम्पन्न, यस्तो भयो गहकिला निर्णय प्रतिवेदन सहित

जुनेली न्युज, काठमाडौँ |

राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) पार्क निर्माण तथा व्यवस्थापन समिति बिस्तारित बोर्ड  बैठक आज बसेको छ |  यज्ञडाेल(जगडाेल) सामुदायिक वन सचिवालय भवन तथा युनेस्को भवनमा संस्थाका पदाधिकारी र जनप्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको हो |

राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) का अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा बसेको बैठकले संस्थाको हितको लागि धेरै राम्रो निर्णयहरु भएको जुनेली न्युजलाई जानकारी दिए |

निर्णयको प्रतिबेदन सहित 
राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) विस्तारित बोर्ड समितिको मिति २०८०/४/२८ गते देखि हाल सम्मका सचिवालय व्यवस्थापन समितिबाट संक्षिप्त प्रगती विवरण यस सम्मानीत बैठकमा प्रस्तुत गर्दछ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, पूर्वाधार विकास महाशाखाबाट मिति २०७९ १० २९ गते राष्ट्रिय शहीद तथ शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन गोकर्णेश्वर नगरपालिका वडा न ४, काठमाडौँमा स्थलग अनुगमन गरी तयार पारिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, पवार विकास महाशाखाको मिति २०७९/१२/०९ च न खास / ६२२/४७३४ प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, पवाधार विकास महाशाखाको च.नं. खा. स. ६२२ ५२०१ मिति २०७९/१२/२७ को निर्णयहरु एवं विस्तारित बोर्डको निर्णय अनुसार समग्र योजना तथा व्यवसायिक योजनाका बारेमा प्रस्तुत प्रस्तावहरुलाई मिति २०८०/७/२७ गते नेपाल सरकारका श्रीमान मुख्यसचिवज्यूको प्रमुख उपस्थितिमा सम्बन्धित मन्त्रालयहरुका सचिवज्यूहरुबाट प्राप्त निर्देशन एवं सुझावहरुलाई सम्बोधन गरी सम्बन्धित मन्त्रालय तथा निकायमा तपशिल बमोजिमको निर्णयहरु पठाइएको व्यहोरा अवगत गराउदछु ।
तपशिल:
(क) सहरी विकास मन्त्रालयको रोहवरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति बिच त्रिपक्षिय सम्झौता गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय माननीय (मन्त्रिस्तरीय) निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका श्रीमान् सचिवज्युको सयाजकत्वमा कार्यदल गठन गरिएकोलाई कार्यान्वयनमा ल्याउन युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगलाई अनुरोध गरिएको छ ।
(ख) व्यवसायिक योजनालाई एकीकृत गरी राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समिति सदस्य एवं लेखा समिति संयोजक श्री गोविन्द बहादुर श्रेष्ठज्यूको संयोजकत्वमा गठित व्यवसायिक योजना कार्यदल, सेन्टर फर इन्फरमल इकोनोमिक्स र विज्ञ सदस्य श्री दुर्गा थापाबाट तयार पारिएका प्रतिवेदन कार्ययोजनालाई अनुमोदन गर्दै स्वआर्जन पार्कको प्रयोगको आधारमा शुल्क निर्धारण तथा परिमार्जन गरिएका प्रस्तावहरुला राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) पार्क निर्माण तथा उद्यान व्यवस्थापन बोर्ड समितिबाट अनुमोदन गराइ कायान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामति (स्मारक) को विभिन्न समितिहरु बनाइ संस्थालाई थप मजबुत बनाउने निर्णय भएको छ |

संस्थाले विभिन्न शिर्षकमा  सेवा शुल्क उठाउने समेत निर्णय गरेको छ |

प्ररिबेदन जस्ताको तेस्तै  

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु