सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सुन्दरीजल यातायात मजदुर संघ र प्रहरी प्रभागद्वारा आयोजित सन्देशमुलक कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

सुन्दरीजल यातायात मजदुर संघ र प्रहरी प्रभागद्वारा आयोजित सन्देशमुलक कार्यक्रम सम्पन्न

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल यातायात मजदुर संघको दोश्रो बार्षिक उत्सबको अवसरमा नयाँ कार्यसमिति चयन सहित संदेशमुलक कार्यक्रम गरेको छ | प्रहरी प्रभाग सुन्दरीजलसंग समन्वयन गरि यातायात मजदुर र यातायात उपभोक्ताहरूमा सन्देशमुलक कार्यक्रमका  साथै अनुरोध गरेको छ | आज एक कार्यक्रम गरि ठाउ ठाउमा पोस्टर पर्चा टासी सन्देशमुलक कार्यक्रम गरेको हो |

यातायात मजदुर संघका अध्यक्ष निमा तामांग सहितको कार्यसमितिले विभिन्न व्यक्तिहरुको उपस्थितिमा सो कार्यक्रम गरेको हो |

No description available.

पर्चा पोस्टरमा लेखिएको सन्देशमुलक भनाइहरु :

  1. अशक्त र जेष्ठ नागरिकलाई यातायातको साधनमा सुरक्षितका साथ पहिलो प्राथमिकता दिउ ।
  2.  माधक पदार्थ तथा लागुऔषध सेवन गरि यातायातको साधन नचलऔं ।
  3. लाइसेन्स प्राप्त भएको मजदुरहरूले मात्र सवारि साधन चलाऔं ।
  4. पैदल यात्री तथा जेब्रा क्रसिङ्गलाई पहिलो प्राथमिकता दिऊ ।
  5. यातायातको साधन सञ्चालन गुर्न अघि सवारी साधनको चेकजाच गरेर मात्र सञ्चालन गरौं ।पार्किङ गरौं ।
  6. बसपार्क वरिपरि जथाभावि फोहोर नगरौं साथै आफ्नो साधनलाई राम्ररी
  7. यातायातका मजदुर साथीभाईहरूले यातायात उपभोग गर्ने उपभोक्ता -हरूलाई सभ्य र सदभावको रूपमा व्यवहार गरौँ ।
  8. सार्वजनिक यातायातको प्रयोग गर्ने उपभोक्ताहरूले पनि यातायात मजदुरहरूलाई सभ्य र सदभाव, भाइचाराको व्यवहार गरौं ।
  9. आफ्नो यातायातको प्रयोग गर्ने उपभोक्ताहरुलाई भाडामा समन्वय गरौं ।
  10. बसपार्कबाट आफ्नो यातायातको साधन सञ्चालन गर्दा बाटोमा अनियन्त्रित रूपमा नचलाऔं ।
  11. आफ्नो यातायातको साधन सञ्चालन गर्दा आवश्यक कागजातहरु बोकौं ।
  12. ट्राफिक नियमको पूर्णरूपमा पालना गरौं ।

No description available.

No description available.

उपस्थिति कार्यसमिति विवरण 

No description available.

फेसबुक प्रतिक्रियाहरु