शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • महिलाहरुले पाठेघर र स्तनको चेकजाँच अनिबार्य गर्नु पर्ने, नगरे समुहलाई बजेट नदिने- मेयर रिसाल
गोकर्नेश्वोर बिशेष

महिलाहरुले पाठेघर र स्तनको चेकजाँच अनिबार्य गर्नु पर्ने, नगरे समुहलाई बजेट नदिने- मेयर रिसाल

जुनेली न्युज, काठमाडौँ |
महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच नगरे कुनै पनि कार्यक्रमको लागि नगरपालिकाले रकम उपल्ध नगराउने गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले घोषणा गरेका छन् |

गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको संयुक्त पहलमा यस नगरपालिका भित्र रहेका ३० वर्ष देखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्नु भन्दा अघि नै जाँच गर्नु अनुरोध गरेका छन् | यस अघि पनि विभिन्न वडामा पाठेघरको मुखको क्यान्सरको सेवा लिनु भएका ३०७४ जना, स्तन क्यान्सरको ३२७६ जनाले सेवा लिई सकेका थिए | अव सवै महिला समुहहरुले निःशुल्क जाँच गराउनको लागि निम्न व्यक्तिहरुसँग समन्वय गरि सेवा लिन सकिने छ |

क. सेवाको प्रकारः
स्तन क्यान्सरः
१. भिडियो (एक्सरे)
२.म्यामोग्राम (एक्सरे)
३. एफ एन ए. सि टेष्ट

पाठेघरको मुखको क्यान्सर
१.भि.आई. ए. टेष्ट
२. कोल्कोस्कोपी
३. प्याप स्मियर टेष्ट
४. वायीस्पि टेष्ट
५.पि.भि. डि. ए. टेष्ट एच. पि.भि.डि एन ए टेष्ट

सम्पर्क व्यक्तिः
१. हरि प्रसाद उपाध्याय ( स्वास्थय शाखा प्रमुख) फोन न:- ९८४१३९१०००
२. सृजना श्रेष्ठ ( आम्दा नेपाल) फोन न:- ९८४१८६३७०६

 

फेसबुक प्रतिक्रियाहरु