शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • आँखा पाक्ने रोगको निशुल्क शिबिर चालाउने, नगर प्रमुख दिपक रिसालले जारि गरे सूचना
गोकर्नेश्वोर बिशेष

आँखा पाक्ने रोगको निशुल्क शिबिर चालाउने, नगर प्रमुख दिपक रिसालले जारि गरे सूचना

जुनेली न्युज, काठमाडौं |

आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले नेपालमै पहिलो पटक समुदायस्तरमा आँखा पाक्ने समस्या भएका विरामीहरुको निशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले आँखा सम्बन्धि रोग नियन्त्रण गर्ने उदेश्यले आँखा जाँच सम्बन्धि निशुल्क शिविर राखेर नियमित रुपमा उपचार गर्ने भएको हो ।

आज नगरपालिकाका नगर प्रमुख दिपक रिसालले सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको नगर अस्पतालमा निशुल्क आँखा जाँच तथा औषधी उपचारको व्यवस्था गरिएको व्यहोरा सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख रिसाललले नगरबासीको स्वास्थ्य उपचारमा विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै आउनु भएको छ ।

आँखा पाक्ने रोग सम्बन्धिको निशुल्क सिविर भने साउन २५ गतेदेखि बिहान ८ बजेबाट अपरान्ह ३ बजे सम्म नियमित रुपमा नगर अस्पतामा संचालन हुने भएको छ । उक्त शिविर सार्वननिक विदाका दिन समेत संचालन हुने छ ।

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

देशभरका अस्पतालहरुको बहिंरग सेवामा आँखा सम्बन्धि बिरामीको चाप बढिरहेको छ । पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका छन् ।

सार्वजनिक रुपमा जारी भएको सूचना मार्फत गोकर्णेश्व नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा समेत उक्त आँखा पाक्ने रोग सम्बन्धि लक्षण देखा परेमा नगर अस्पतालबाट उपचार सेवा लिन अभिभावक तथा विद्यालयलाई अनुरोध गरिएको छ ।

नगर प्रमुख रिसालले जारी गरेको सार्वजनिक सूचना

फेसबुक प्रतिक्रियाहरु