जुनेली न्युज, काठमाडौँ
गोकर्णेश्वर नगरपालिकाले स्थानीय जनताको उपचारमा निरन्तर एक पछी अर्को सम्झौता गर्दै आएको छ | स्थायी नगरवासिहरुको लागि गोकर्णेश्वर नगरपालिका र जोरपाटी नारायणटार मा रहेको शंखरापुर अस्पताल बीच ५०/५० % उपचार सम्झौता भएको छ | जसमा बिरामी भएर कोहि नगरबासिको उपचार गर्नु गरेमा ५०% मात्र तिरे पुग्ने भएको छ |
यस्तो छ सम्झौता :
१. गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण स्थायी बासिन्दाहरुको बिरामी भइ उपचार गर्नु परेमा
> बिरामीले ५०% मात्र व्यहोर्नुपर्नेछ | बाकि
>अस्पतालले कुल खर्चमा ३०% छुट गर्नेछ
>नगरपालिकाले २० % अस्पताललाई उपलब्ध गराउने छ
> बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ |
उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ |
> माथि उल्लेखित सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनु पर्नेछ
साथै छुटको लागि अस्पतालको सोधपुछ कक्षमा गरेर बुझेर चाहे अनुसारको कागजात भने उपलब्ध गराउनु पर्ने छ |
फेसबुक प्रतिक्रियाहरु