शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बेलायतमा चितवन जिल्ला समाजले गर्यो भव्य सांस्कृतिक साँझ
Breaking News

बेलायतमा चितवन जिल्ला समाजले गर्यो भव्य सांस्कृतिक साँझ

जुनेली न्युज, बेलायत।

चितवन जिल्ला समाज बेलायतले नेपालबाट आएका ख्यातिप्राप्त कलाकार राजु परियार र शिला आलेको सांगेतिक प्रस्तुतिहरुको साथ समर भेटघाट साँझ सम्पन्न गरेकोछ।

लन्डनमा भएको कार्यक्रमको अध्यक्षयता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका उपाअध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा.नारायण कंडेलले गर्नुभएको थियो।आफ्नो मन्तव्यमा डा.कंडेलले सरलरुपबाट गैरआवासीय नेपाली नागरिकता पाउनको लागी बिद्धमान नेपाली कानुन परिवर्तन गर्न आवस्यक रहेको र यसको लागी उपयुक्त पात्र अहिलेका उम्मेदवारहरुमा आफु मात्र रहेको उल्लेख गरेका थिए।

सो अवसर मा बोल्दै Society of Nepalese Professional UK का
अध्यक्ष्य श्री बिष्णु प्रसाद न्यौपानेले बिध्यमान NRNA नागरिकता को बारेमा अलि सतर्क हुनुपर्ने बताए।केहि साथीहरुले घर जग्गा तथा काम गर्ने सिलसिलामा निकै झमेला बेहोर्नु परेको परेको कुरा उल्लेख गर्नु भयको थियो। नियममा कानुन मा उल्लेख भयपनी काम गर्दा तेस्लाई पूर्णरुपमा लागु गरेको पाइएन ।

कार्यक्रममा प्रमुख शंरक्षक शान्तबिनोद लामिछाने,इन्जिनियर एवं व्यबसायी क्याट युकेका पुर्व अधय्क्ष राजेन्द्र खरेल,पशुपतिनाथ मन्दिर पलंम्स्टेडका अध्यक्ष डाँषुराम पान्डे लगायतका वक्ताहरुले चितवन जिल्ला समाज बेलायतको लागी शुभकामना व्यक्त गरेका थिए।
नेपालको केन्द्रमा पर्ने चितवन जिल्लाका आप्रवासीहरुको समाज हो चितवन जिल्ला समाज।करिब पन्ध्रहजारको संख्यामा रहेका चितवनेहरुको प्रतिनिधि समाजको गठन गत वर्ष गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु