बुधबार, चैत्र १३, २०८१
  • होमपेज
  • गोकर्णेश्वर बासीलाई जसरी पनि शुद्ध पानी खुवाउन सोचमा मेयर, बेवास्ता गरे अबरोध हुन सक्ने
Breaking News

गोकर्णेश्वर बासीलाई जसरी पनि शुद्ध पानी खुवाउन सोचमा मेयर, बेवास्ता गरे अबरोध हुन सक्ने

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरबासीलाई मेलम्चीको खानेपानी खुवाउनु पर्यो भनि मेयर दिपक रिसालले  काठमाडौँ उपत्यका  खानेपानी लिमिटेडलाई निर्देशन सहित पत्र बुझाएका छन् | मेलम्चीको खानेपानी यस नगरपालिकाको बाटो हुदै जान्छ तर यहाँका बासिन्दाले शुद्ध पानि पिउन पाएका छैनन्, यदि मेलम्चीको पानि अन्यत्र लाने अनि गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने हो भने अबरोध समेत सिर्जना हुन सक्ने भनि कार्यालयमै ध्यानाकर्षण  समेत दिएका छन् |

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट वितरण हुने सुन्दरीजलको खानेपानी र मेलम्चीको खानेपानी सम्बन्धमा यस नगरपालिकाको वडा नं १,२,३ र ४ सम्म खानेपानी वितरण भइ रहेको अझै केहि स्थानमा बाकी रहेको छ | वडा नं ५,६,७,८ र  ९ जोरपाटी अस[पासका वडाहरुको लागि मेलम्ची र सुन्दरीजलको खानेपानीको लाइनबाट वितरण हुने व्यवस्था मिलाई दिन मेयर रिसाल आफै गएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाइ पत्र बुझाएका हुन् |

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङकालका प्रमुख नारायण कर्णले सकारात्मक जवाफ दिएका र  PID मार्फत  चाडै नै यस कुरालाई अगाडी बढाउने जानकारी भएको मेयर रिसाले भनेका छन् |

No description available.

 

गोकर्णेश्वर बासीलाई पानि खुवाउन निर्देशन, बेवास्ता गरे अबरोध सिर्जना हुन सक्ने

 

 

फेसबुक प्रतिक्रियाहरु