आइतवार, फाल्गुन ३, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगर प्रमुखको वरिष्ठ सल्लाहकारमा कुमार लामा नियुक्त
Breaking News

गोकर्णेश्वर नगर प्रमुखको वरिष्ठ सल्लाहकारमा कुमार लामा नियुक्त

जुनेली न्यूज, काठमाडौं

गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले कुमार लामालाई वरिष्ठ राजनीतिक सल्लाहकार नियुक्त गरेका छन्। नगर प्रमुखको अवतैनिक सल्लाहकारको रुपमा काम गर्न आज लामालाई नियुक्ति गरिएको हो। लामा नेपाली कांग्रेस काठमाडौं गोकर्णेश्वर नगर समितिका सभापति समेत रहेका छन्।

वरिष्ठ राजनीतिक सल्लाहकार २०७९ चैत १३ गते देखि लागू हुने गरी मेयर दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका प्रवक्ता तथा वडा अध्यक्ष नारायण सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, नगरपालिका खेलकूद विकास समिति अध्यक्ष सञ्जय लामा सहितको उपस्थितिमा आज पत्र प्रदान गरिएको हो।

 

फेसबुक प्रतिक्रियाहरु