जुनेली न्युज काठमाडौँ
फाल्गुन ४ । कागेश्वरी मनोहरा नगरपालिकामा फाल्गुन ५ गते देखि फाल्गुन ८ गती सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिधालयहरुलाइ सहभागिता गराएर प्रतियोगिता गरिने छ |
कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा नं ७ का वडा अध्यक्ष भीमसेन थापाले जानकारी गराए। उनले नगरस्तरीय प्रतियोगिता छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउने जानकारी गराए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र प्रत्येक खेलको लागि संयोजक समेत तोकिएको जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रत्येक खेलाडीहरुको बिमा समेत नगरपालिकाले गरिदिने जानकारी दिदै नगरपालिकालाई खेलकुद हबको रुपमा विकास गर्न लागिपरेको जानकारी गराए ।
फेसबुक प्रतिक्रियाहरु