मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्रले गर्यो स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण
गोकर्नेश्वोर बिशेष

नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्रले गर्यो स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

जुनेली न्युज, काठमाडौं ।

नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्रले स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोग र संस्थाको आयोजनामा जेष्ठ नागरिक, अपाङ्ग महिला र एकल महिलालाई लक्षित गरी स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरेको।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित दक्षिण ढोकामा भएको हो। सो कार्यक्रममा लगभग १०० जना वृद्ध,महिला, र अपाङ्ग व्यक्तिहरूक उपस्थिति रहेको थियो

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरपालिकामा मेयर दिपक रिसाल, विशेष अतिथि उपमेयर सान्नानी लामा, वडा ७ का वडा अध्यक्ष केशव गुरुङ लगायत व्यक्तिहरूक उपस्थितिमा कार्यक्रम भएको थियो

नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्रले विगतको समयमा पनि धेरै सामाजिक कार्यमा अग्रसर भएर लागेको संस्था हो। समाजमा रहेका पिछडिएका समुदायलाई ध्यानमा राखेर विभिन्न तरिकाले सहयोग गर्दै आएको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु