शनिबार, चैत्र ९, २०८१
  • होमपेज
  • ऊर्जावान युवा क्लबको संयोजनमा गोकर्णेश्वर मेयर कप फुटसल प्रतीयोगीता हुने, पूरा विवरण हेर्नुहोस
Breaking News

ऊर्जावान युवा क्लबको संयोजनमा गोकर्णेश्वर मेयर कप फुटसल प्रतीयोगीता हुने, पूरा विवरण हेर्नुहोस

जुनेली न्यूज, काठमाडौं ।

गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समितिको आयोजनामा तथा ऊर्जावान युवा क्लबको संयोजकत्वम गोकर्णेश्वर मेयर कप नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।

खेल पौष २५ गते देखि सञ्चालन हुने छ भने २२ गते भित्र टीम दर्ता गरी सक्नु पर्ने छ। टीम दर्ता शुल्क ३५०० लाग्ने छ । खेलमा जम्मा ३२ टीम हुने छन् भने खेल नक आउटको आधारमा खेलाइने  खेलका संयोजक सरोज श्रेष्ठले जुनेली न्यूजलाई बताए ।

खेल गोकर्णेश्वर नगरपालिका वडा नं ८ को कार्यालय नजिकै रहेको गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबमा हुने छ। प्रथम हुने र दोश्रो हुने टिमलाई पुरस्कार क्रमशः नगद रु २५ हजार र १५ हजारको साथमा सिल मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

गोकर्णेश्वर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा अन्य व्यक्तिहरूक उपस्थितिमा पत्रकार सम्मेलन गरी कार्यक्रम गरिने जानकारी दिएका हुन्।

ऊर्जावान युवा क्लबले विगतमा पनि धेरै खेल सँग सम्बन्धित कार्यक्रम गरी खेल क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्ने कार्य गरेकोछ।

फेसबुक प्रतिक्रियाहरु