मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • यो जीत सम्पूर्ण कार्यसमितिको जीत हो – श्रीराम चालिसे
गोकर्नेश्वोर बिशेष

यो जीत सम्पूर्ण कार्यसमितिको जीत हो – श्रीराम चालिसे

जुनेली न्युज, काठमाडौं।

२०७९ बैशाख ३० स्थानीय चुनावमा काठमाडौं जिल्ला क्षेत्र नं ३ अन्तर्गत प्रदेश (क) ले सर्वाधिक सफलता पाएको छ। प्रदेश क मा पर्ने गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ९ साथै काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध पर्ने सो प्रदेशमा नेपाली काँग्रेस पार्टी बाट सबै चुनाव जीत हात पारेको छ।

गोकर्णेश्वर को वडा नं ५ मा वडा अध्यक्ष देखि सबै सदस्य कांग्रेसबाट विजय भएका छन्। साथै वडा नाम ९ मा पनि सबै कांग्रेस बाटै विजयी भएका छन् त्यस्तै गरी काठमाडौं महानगरपालिका ६ मा पनि कांग्रेसको सेट नै आएको छ।

यसरी हेर्दा प्रदेश क नेपालकै एक सफल प्रदेशको रूपमा देख्न सकिन्छ।

‘ चुनाव जिताउन सबै वडाका नेता, क्षेत्रीय सभापति, इकाई सभापति, नगर सभापति लगायत कांग्रेसी साथीहरुको हात छ, सहयोग छ, योगदान छ, प्रदेश सभापतिको हैसियतले खुसी हुन पाउनु पर्छ ‘ श्रीराम चालिसे भनाइ छ।

‘यदि चुनाव हरेको भए पनि कतै न कतै बाट मलाई अपजस आउँथ्यो नै यसको जिम्मेवारी मैले पनि लिनु पर्थ्यो, सत प्रतिशत जितियो जिते पछिको श्रेय सम्पूर्ण प्रदेश क कार्यसमितिको उतिकै साथ र सहयोग रहेको सभापति श्रीराम चालिसेले बताउनु भयो ।

त्यति मात्र होइन हाम्रै प्रदेशमा पर्ने वडा नं ९ बाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदका उम्मेदवार दिपक रिसालले समेत जीत जात परेका हुन् ।

आफ्नो संगठनले गरेको कामको पार्टीले कदर गर्ने कुरामा ढुक्क रहेको चालिसेले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु