शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वोर नगरपालिका वडा नं ३ मा वडा अध्यक्षको बलियो दावेदार राजेन्द्र भण्डारी
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वोर नगरपालिका वडा नं ३ मा वडा अध्यक्षको बलियो दावेदार राजेन्द्र भण्डारी

जुनेली न्युज, काठमाडौं। 

काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा राजेन्द्र भण्डारीले उम्मेदवारीको दाबी गरेकी छन्। आउदो बैशाख ३० मा हुने स्थानीय  चुनाबमा उनले नेपालि काँग्रेस  पार्टी बाट वडा अध्यक्ष दावी गरेकी हुन् |

विगत लामो समय देखी सामाजिक सेवामा लाग्दै आएका भण्डारीले २०७४ सालको स्थानीय चुनाबमा नेपाली काँग्रेस पार्टी बाट सोहि वडामा उत्कृस्ट मन लिएर वडा अध्यक्ष जितेका हुन् |

वडा अध्यक्ष भए पश्चात अहोरात्र खटेर आफ्नो वडाको बिकास र जनताको सम्वृद्धिको निमित्त  लागि परेका छन् | स्थानीय जनता, युवा, महिला लगायतका व्यक्तिहरु माझ लोकप्रिय  बनेका भण्डारी टिकेट पाए भने जित्ने कुरामा ढुक्क छन् |

“पार्टीले पत्याएर टिकेट दिए र जनताले मत दिए भने अझै ५ वर्ष  जनताको लागि काम गर्ने छु” भण्डारीले जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु