शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जेष्ठ नागरिकलाई सम्मान र ब्ल्यान्केट वितरण गर्यो गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले
गोकर्नेश्वोर बिशेष

जेष्ठ नागरिकलाई सम्मान र ब्ल्यान्केट वितरण गर्यो गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले

जुनेली न्युज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजनामा जेष्ठ नागरिकलाई सम्मान तथा जाडोको लागि न्यानो कपडा ब्लाङ्केट वितरण गरेको छ ।

आफ्नो वडाका जेष्ठ नागरिकलाई प्रोत्साहान र हौसला हुन्छ भन्ने उद्देश्यले सो काम गरेको वडा अध्यक्ष राजीव थापाले बताउनु भयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहाकार दीपक रिसाल सहितको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु