शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्षेत्र नं ३ को अधिबेशन बहिस्कार, मतदाताको अपमान भएको सन्तोष चालिसेको भनाइ (बहिस्कारको पूर्ण विवरण सहित)
Breaking News

क्षेत्र नं ३ को अधिबेशन बहिस्कार, मतदाताको अपमान भएको सन्तोष चालिसेको भनाइ (बहिस्कारको पूर्ण विवरण सहित)

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को अधिबेशन बहिस्कार भएको छ | सभापतिका २ उम्मेदवार सन्तोष चालिसे र दिपेन्द्र लामा समूहको पर्तिस्पर्धा रहेको चुनाबमा मतपत्र बाहिरा आएको भन्दै नाराबाजी गरेर चुनाब बहिस्कार गरेका हुन् |

यता सन्तोष चालिसेले जसरि हुन्छ चुनाब हुनु पर्छ यति धेरै क्षेत्रीय प्रतिनिधि हामि भनेर दिन भरि बसी रहेका छन हामीले बहिस्कार गर्नु भनेको मतदाताको ठुलो अपमान गर्नु हो भन्दै जुनेली न्युजलाई बताए |

निर्बाचन अधिकृतसंगको २ पक्ष छलफल पछि पनि चुनाब हुन नदिने भन्दै नाराबाजी गरे पश्चात बहिस्कार भएको हो | निर्बाचन अधिकृतले हस्ताक्षेर गरेको मतपत्र भए बहिस्कार हुन्छ, हस्ताक्षेर नभएको भए नमुनाको लागि लैजान सकिन्छ भन्ने भनाइ राखेका थिए | यता हस्ताक्षेर भएको नमुना मतपत्र कहा बहिरेको छ प्रमाण लिनु भनेर उम्मेदवार सन्तोष चालिसेले भन्दा अम्बिका बस्नेतबाट केहि जवाफ आएको थिएन |

यसै क्षेत्रकि नेपालि काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले पनि चुनाब रोक्नु पर्छ, भन्दै सन्तोष चालिसे र उनको चर्का चर्की भएको थियो | चुनाव रोकौं भनेर केन्द्रीय सदस्य अम्बिका बस्नेतले बोल्दा ”यति धेरै मतदाता लाइनमा बसेका छन्। कित सुरु नगर्नु पर्ने, हैन भने तपाईं केन्द्रीय सदस्य जस्तो मान्छे चुनाव बहिस्कार गरौ भनेर भन्न मिल्दैन। चुनाव जित्छ भनेर तपाईंहरुको मीटिंग गरेर योजनाबद्ध चुनाव बहिस्कार गर्न आउनु भयो यस्तो तरिकाले पार्टीलाई घाटा हुन्छ। भन्दै भनाभन  भएको थियो |

निर्वाचन अधिकृत मुर्दाबाद भन्दै नारा लागाएका थिए | सन्तोष चालिसे समुहले छलफल गरेर मिलेर जाउ, मतपत्र नमुना दुवै पक्षसंग छ हामी संग मात्र हैन, पार्टी  भित्रकै कुरा हो भन्दा पनि नारा रोकिएको थिएन |

 

फेसबुक प्रतिक्रियाहरु