बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्षेत्रीय सभापति अगाडी राखेर प्रदेश ‘क’ को सभापतिमा उम्मेदवारी घोषणा -श्रीराम चालिसे
गोकर्नेश्वोर बिशेष

क्षेत्रीय सभापति अगाडी राखेर प्रदेश ‘क’ को सभापतिमा उम्मेदवारी घोषणा -श्रीराम चालिसे

जुनेली न्युज, काठमाडौँ | नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) को सभापतिको उम्मेदवारी  घोषणा गरेका छन् | हिजो भएको एक कार्यक्रममा क्षेत्रीय सभापति सन्तोष चालिसेको अगाडी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् |

उनेल इकाई सभापति, इकाई कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरु संगको छलफल र सल्लाहा पश्चात  उम्मेदवारी घोषणा गरेको जुनेली न्युजलाई बताउनु भयो  | साथै आफु निकट प्रतिस्पर्धीलाइ   जित्ने कुरामा पनि  ढुक्क रहेको बताउनु भयो |

राजनीतिक पृष्ठभूमि 

नेपालि काँग्रेस बिधार्थी संगठन नेपाल बिधार्थी संघ बाट २०४६ सालमा साधारण सदस्य बाट सुरु गरेर हाल काठमाडौँ क्षेत्र नं ३ बाट  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहेका छन् |  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहदा विषम परिस्थितिमा बिभिन्न निकाय संग समन्वय राखी शारीरिक रुपमा अपाङ्ग रहेका देश भरिका करिब २०० भन्दा बढी व्यक्तिहरुलाई  ह्विल चियर वितरण गरेको साथै  विभिन्न बिद्यालयमा बिधार्थिहरुलाई झोला सहितको पाठ्य सामग्री ५ हजार थान वितरण गरेको, निजि श्रोत परिचालन गरि धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री प्रदान गरेर  अनबरत रुपमा संगठन बिस्तारको काम गरेको उहाको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु