शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट असोज ४ गते बाट वितरण गर्दै
आर्थिक

नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट असोज ४ गते बाट वितरण गर्दै

जुनेली न्यूज, काठमाण्डौ | नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट यहि असोज ४ गते बाट वितरण गर्ने भएको छ । केन्द्रीय कार्यालय बालुवाटार र प्रादेशिक कार्यालयहरुबाट सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने जनाएको हो ।

दशैँअघि प्रत्येक वर्ष राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट विरतण हुन सकेको थिएन ।

त्यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट समेत सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । एक व्यक्तिले बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् ।

 

फेसबुक प्रतिक्रियाहरु