शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • “साथीहरू अब बन्दुक र तरबारका कुरा नगर्नुस्, हामीसँग जनता छन्,”- विप्लव
Breaking News

“साथीहरू अब बन्दुक र तरबारका कुरा नगर्नुस्, हामीसँग जनता छन्,”- विप्लव

जुनेली न्यूज, काठमाण्डौ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा माओवादी (विप्लव) समूहले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले सडक प्रदर्शनसमेत गरेको छ ।

आज माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लवसहित ,खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । कार्यक्रममा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुसँग जनता भएको बताएका छन् ।

बन्दुक र तरबारभन्दा जनता शक्तिशाली भएको दाबी विप्लवको थियो । ‘पत्रकार बन्धुहरूले सोधिहाल्नुहुन्छ,’ विप्लवले भने, ‘तपाईंहरू मूलधारमा त आउनुभयो, तपाईंहरूको बन्दुक चाहिँ खोइ त भनेर । साथीहरू बन्दुक र तरबारका कुरा नगर्नुस्, हामीसँग जनता छन्, हामीसँग किसान छन् , मजदुर छन् गाउका हरेक दजिभाई दिदीबहिनीहरुको हामीलाई साथ छ ।’
स्टालिनले जनतालाई ‘आमा’ को संज्ञा दिएको दृष्टान्त सुनाउँदै विप्लवले भनेका छन्, ‘हामीसँग जनता जोडिनुभएको छ । त्यसैले हामी २ वर्षपछि पुनः मोर्चामा आयौँ । साथीहरूले २ महिनामा हाम्रो पार्टीलाई सिद्ध्याउँछौँ भन्नुभएको थियो । तर, हामी आमाको साथका कारण फेरि यसरी संघर्षमा उत्रियौँ किनकि हामीलाई नेपाली आमाको माया छ , यो देशको माया छ , यो माटोको माया छ ।’

फेसबुक प्रतिक्रियाहरु