शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेकपा एमालेले संसद बैठक शुरु हुनासाथ गर्यो अवरोध
Breaking News

नेकपा एमालेले संसद बैठक शुरु हुनासाथ गर्यो अवरोध

जुनेली न्यूज , काठमाण्डौ | प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । सभामुख सापकोटाले बाढि पहिरो लगाएत जोखिमका गुनासो सुन्न आवहान गरेपनि प्रतिपक्षले अवरोध रोकेनन |

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् |
२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।
आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।

फेसबुक प्रतिक्रियाहरु