शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेसीले तोडे ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान
Breaking News

मेसीले तोडे ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान

जुनेली न्यूज, काठमाण्डौ | अर्जेन्टाइन कप्तान लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका छन् । मेस्सिले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोड्दै आफ्नो किर्तिमान कायम गरेका हुन् |
फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो । त्यसको आधा शताब्दीपछि वर्तमान विश्व फुटबलका सुपर स्टार मेसीले पेलेको कीर्तिमान तोडे ।

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् । मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् ।

मेसीले बोलिभिया विरुद्ध ह्याट्रिकपछि अन्तर्राष्ट्रिय गोल संख्या ७९ पुर्‍याएका छन् । त्यसका लागि उनले १५३ खेल खेलेका छन् ।अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १११ गोल गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु