बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेद्वारी
Uncategorized

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेद्वारी

भदौ २४, काठमाडौ । १०८ औं वि.पी जयन्तीको अवसरमा वि.पी सङ्ग्रहालय, सुन्दरिजलले आयोजना गरेको स्मृति कार्यक्रम नेपाली कांग्रेसका वर्तमान प्रवक्ता विश्वप्रकाश शर्मा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उक्त पावन कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आफ्नो महामन्त्री पदको लागि उम्मेद्वारी दिनुभयो भने काठमाडौ जिल्ला क्षेत्र न.०४ का क्षेत्रीय सभापती राजु श्रेष्ठ ज्युले आफ्नो जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस पार्टीका ३ नम्बर क्षेत्र काठमाडौका विभिन्न नेताहरुको सहभागिता रह्यो।
नेपाली कांग्रेसलाई सुदृढ बनाउन, समावेसिताको प्रत्याभुती दिन, समाजवादको सिद्धान्तमा रहेर लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यतालाइ सदैव कायम राख्दै नेपालको हरेक क्षेत्रमा योगदान पुर्याउदै, युवा उद्धमशीलता वृद्धि गर्ने, रोजगारी सृजना गर्ने आफ्नो मुख्य उद्धेश्य रहेको शर्माले बताए।
कार्यक्रममा शर्माले विपीको सालिकमा माल्यार्पण गर्नुको साथै उनैले रोप्नुभएको कपूरको बृक्षमा जल अर्पण गर्नुभयो।

फेसबुक प्रतिक्रियाहरु