शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पछिल्लो २४ घण्टामा १ हजार 640 जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
Breaking News

पछिल्लो २४ घण्टामा १ हजार 640 जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

जुनेली न्यूज, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार 640 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ |
संक्रमनाबाट २ हजार १६१ जना निको भएका छन् ।

९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु