जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट इकाई सभापतिमा अनन्त प्रसाद घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन् । सिंगो पार्टीलाई बलियो बनाउन र पार्टीको विधान बमोजिम वडा स्तरबाट सबैलाई समेटेर लैजाने प्रतिबद्धताका साथ आफूले उम्मेदवारी दिएको घोषणा गरेका हुन् |
पुस्ता पुस्तौदेखी काँग्रेसको परिवारमा हुर्केका उनि ओखलढुंगा जिल्ला साबिक पोकली गाबिस वडा नं २ लेती डांडागाउँ हाल लिखु गाउपालिका वडा नं ९ मा जन्मिएका हुन् | काँग्रेस भएकै कारण जनआन्दोलनको बेला माओबादीले २०५५ सालमा जन्म भुमि छाड्न बाध्या परेको थियो अन्तत पार्टीको लागि जन्म भुमि छाडेर सपरिवार काठमाडौँ हिडेको थिए |
२०६३ /६४ को आन्दोलनमा पार्टी प्रति पूर्ण बफादार कार्यकर्ता भएर कार्य गरेका उनि तत्कालिन समयमा ओखलढुंगा पोकली गाबिस नेपालि काँग्रेसको इकाइमा मनोनित सदस्य समेत रहेर काम गरेका हुन् | अहिले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं १२ लाइ कर्म थलो र राजनीतिक थलो बनाएका छन् | २०६७ सलामा साबिक कपन गाबिस हुँदा नै नेपाली काँग्रेसको युवा मनोनित इकाइ सदस्य पनि भएका हुन् |
उनले रिलायन्स इन्टरनेश्नल एकेडेमीमा TSC अध्यान गरेका छन् भने त्रि चन्द्र बहुमुखी क्याम्पस BSC अध्यान गरेका छन् अध्यानको क्रममा त्रि चन्द्र बहुमुखी क्याम्पस तत्कालिन मनोनित सोबियु सदस्य पनि हुन् | बिधार्थी राजनीति गर्दा गर्दै उनि नेपाल बिधार्थी संघ काठमाडौँ जिल्लाको सदस्य भएर काम गरे र हाल १३ औ महाधिबेशनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इकाइ समितिको कार्यकारी सदस्य रहेका छन् |
फेसबुक प्रतिक्रियाहरु