जुनेली न्यूज, काठमाण्डौ |। प्रदेश न. १ मा मुख्यमन्त्री शेर धन राईको राजिनामा र भिम आचार्यको नियुक्ति अप्रत्यासित रहेको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ।प्रदेश नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग गरेको हो | प्रदेश प्रमुखको यो असवैधानिक निर्णयप्रति असहमति जनाउदै तत्काल मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् |
नेकपा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको अवस्थामा प्रदेस सरकार अल्पमतमा परिसकेकोले कुनै पनि दुरगामी निर्णय नगर्न पनि आग्रह गरीएको बिज्ञप्तिमा नेपाली कांग्रेसका राजीव कोइराला , नेकपा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्गबो , नेकपा एसका राजेन्द्र राई र जसपाका जयराम यादवले हस्ताक्षर गरेका छन ।
प्रेश विज्ञप्ति पढ्नुहोस :
फेसबुक प्रतिक्रियाहरु