शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेकपा एकीकृत समाजवादी पार्टीको संघीय संसद भवन सिंहदरबारमा स्थापना
Breaking News

नेकपा एकीकृत समाजवादी पार्टीको संघीय संसद भवन सिंहदरबारमा स्थापना

जुनेली न्यूज, काठमाण्डौ | माधवकुमार नेपाल नेतृत्वको नेकपा नया पार्टी (एकीकृत समाजवादी) लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ । नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीलाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।

नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ ।

पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस)को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस)का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु