मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नं. पा.का (मेएर) सन्तोष चालिसे भन्छन :स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय लिएका हौं
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नं. पा.का (मेएर) सन्तोष चालिसे भन्छन :स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय लिएका हौं

जुनेली न्यूज, काठमाण्डौ | गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सबै स्कुलहरु आजबाट भौतिक रुपमा सन्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालय, अभिभावकका प्रतिनिधिसहित सर्वपक्षीय बैठकबाट विद्यालय सन्चालनको निर्णय लिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बताएका छन् । उनले भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आजबाट विद्यालय खोल्ने निर्णय लिएका हौं ।

मेएर चालिसेले भने ‘हाम्रो नगरपालिकामा ६५ प्रतिशत जनसंख्यामा अनलाइनको पहुँच छैन । सक्रिय संक्रमित पनि एक प्रतिशत मात्र छन्, १ लाख २४ हजार जनसंख्यामध्ये १ लाख २० हजारलाई खोप लगाइसक्यौं’ चालिसे भन्छन्, ‘त्यसैले स्थानीय सरकारको अधिकार प्रयोग गरी विद्यालय सन्चालन गर्ने निर्णय गर्यौं ।’

आफूहरुले गरेको निर्णयबाट धेरैजसो विद्यार्थी र अभिभावक उत्साहित भएको दाबी गर्दै चालिसेले नियमित रुपमा विद्यालय अनुगमनको प्रवन्ध पनि मिलाइएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु