शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घन्टामा देशभर २,२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु
Breaking News

पछिल्लो २४ घन्टामा देशभर २,२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

जुनेली न्यूज, काठमाण्डौ | पछिल्लो २४ घन्टामा देशभर २,२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना संक्रमितको मृत्यु भएको छ । । देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९०२ चार हजार ३४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभर एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु