शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हँसियाले हानेर श्रीमतीले गरिन ७८ वर्षीय श्रीमानको हत्या
दुर्घटना/अपराध

हँसियाले हानेर श्रीमतीले गरिन ७८ वर्षीय श्रीमानको हत्या

जुनेली न्यूज, काठमाण्डौ | तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई श्रीमान्को हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ | ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु