बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काबुलमा रहेका ३४ नेपाली अलपत्र, अझै पाएनन् उद्धार,
Breaking News

काबुलमा रहेका ३४ नेपाली अलपत्र, अझै पाएनन् उद्धार,

जुनेली न्यूज, काठमाण्डौ | काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् । काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जनाको उद्धार गरिएको छ भने बाकी ३४ जनाको उद्दार गरिएको छैन ।

तर परराष्ट्र मन्त्रालयका अनुसार उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई शनिबार थप सुरक्षित स्थानमा राखिएको जानेको छ | उद्दारको पर्खाइमा रहेका ३४ नेपालीलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । साथै काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि बताएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु