बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र एमआइटीवाइ विश्वविद्यालयबीच खगोल बिज्ञानको बिषयमा अनुसन्धानका लागि समझौता
Breaking News

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र एमआइटीवाइ विश्वविद्यालयबीच खगोल बिज्ञानको बिषयमा अनुसन्धानका लागि समझौता

जुनेली न्यूज, काठमाण्डौ | नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता भएको छ । खगोल बिज्ञानको बिषयमा अनुसन्धान र ज्ञान प्रदान गर्नका लागि समझौता भएको हो ।

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४ औं वर्ष पुरा गरि १५ औं वर्षमा प्रबेश गरेको अवसरमा अध्यक्ष सुरेश भट्टराईले विश्वबिद्यालयसँग दुई वर्ष अघिनै समझौता गरी यस क्षेत्रमा काम गर्नै जनशक्ति आदानप्रदान गर्नै वातावरण बनेको बताएका छन् ।

कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताएका छन्।सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको थियो तर कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नपाएको सोसाइटीले जानकारी दिएको छ

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रियाहरु