शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सानुटारमा ट्रक दुर्घटना, एकजना सवारको मृत्यु
दुर्घटना/अपराध

सानुटारमा ट्रक दुर्घटना, एकजना सवारको मृत्यु

जुनेली न्यूज, काठमाण्डौ | त्रिभूवन राजपथअन्तर्गत हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा एक जना सवारको मृत्यु भएको छ |

इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान करिब ५ बजेको समयमा दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको प्रहरी चौकी भैंसेले जानकारी दिएको छ दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी चौकी भैंसेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु