शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शान्ति नेपाल प्रतिष्ठानद्वारा गोकर्णेश्वोरको श्री राम जानकी बिधालयलाइ शैक्षिक सामग्री वितरण
शिक्षा

शान्ति नेपाल प्रतिष्ठानद्वारा गोकर्णेश्वोरको श्री राम जानकी बिधालयलाइ शैक्षिक सामग्री वितरण

जुनेली न्युज, काठमाडौँ |   गोकर्णेश्वोर नगरपालिका वडा न.०१ स्थित श्री राम जानकी आधारभुत विध्यालयमा शान्ति नेपाल प्रतिष्ठान (Peace Nepal Foundation) द्वारा शैक्षिक सामाग्री ( झोला ) वितरण गरेको छ |

अति नै विपन्न र निम्न आय भएका अविभावकहरुका बालबच्चा अध्ययन गर्ने यस विध्यालयमा विद्यार्थीका मुलभुत आवस्यकता पुर्तिमा कठिनाइ हुँदै आएको जानकारी विद्यालय व्यवस्थापन समितिद्वारा आएको हुदा शान्ति नेपाल प्रतिष्ठानले  शैक्षिक सामग्री वितरण गरेको हो। आउने दिनहरुमा यस वडाका पुर्वाधार विकासमा विशेष पहल गरिदिने बारे डा. बोहराले जानकारी दिनुभयो भने विद्यालयका प्रधानाध्यापकले  साना बालबालिकाहरुलाइ अध्ययन गर्न – गराउन कम्पुटर तथा अन्य प्राविधिक उपकरणहरुको आवस्यमता सहित  अन्य सामाजिक संघसंगठनले सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभयो।

कार्यक्रममा  सहरी विकास मन्त्रालयका सल्लाहकार डा. सुन्दर सिंह बोहराको प्रमुख आतिथ्यता, प्रतिष्ठानका अध्यक्ष श्री देव राज कार्कीको विशिष्ट आतिथ्यता एवं काँग्रेसका माहाधिबेशन प्रतिनिधि राजु सुनारको पहलमा यस कार्यक्रम सम्पन्न भएको हो।

फेसबुक प्रतिक्रियाहरु