बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा समवेदना व्यक्त
Breaking News

प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा समवेदना व्यक्त

जुनेली न्यूज, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्।

उनले लेखेका छन् :-“कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”
साथै टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु