आइतवार, साउन ६, २०८२
  • होमपेज
  • मनसुनी वायु सक्रिय रहेका कारण केहि दिन बर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ
Breaking News

मनसुनी वायु सक्रिय रहेका कारण केहि दिन बर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ

जुनेली न्यूज काठमाण्डौ | मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, ले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएरातिदेखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ |
मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् पौडेलले बताउनुभयो । विशेषगरी राति र बिहानको समयमा वर्षा हुनेछ । दिउँसोतिर केही आकाश खुलेपनि रातिको समयमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु