आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • १० बुँदाको कार्यान्वयनका लागि आग्रह गर्दै ९ नेताहरु पुगे केपी ओलीलाइ भेट्न बालकोट
Breaking News

१० बुँदाको कार्यान्वयनका लागि आग्रह गर्दै ९ नेताहरु पुगे केपी ओलीलाइ भेट्न बालकोट

जुनेली न्यूज, काठमाण्डौ | माधवकुमार नेपाल समूह नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोग पुगेपछि तीन उपाध्यक्षसहित बनेको एमालेभित्रको नयाँ समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।

अध्यक्ष ओलीलाई भेट्न भीम रावल, घनश्याम भुसाल गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बालकोट पुगेका हुन् ।अध्यक्ष ओलीसँगको आजको छलफललाई नेताहरुले निर्णायक छलफल भनेका छन् । ‘अध्यक्ष कमरेडलाई भेटेर हामी १० बुँदा कार्यान्वयनका लागि आग्रह गर्दैछौँ,’ नेता गोकर्ण विष्टले भनेका भने , ‘सम्भवतः यो छलफल निर्णायक हुनेछ ।’

यसअघि आइतबार (हिजो) दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ्ग, विष्णुप्रसाद पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको हो । एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको नेताहरुले बताइरहेका छन् ।

९ नेताहरुको छलफलले ओली–नेपाललाई भेटेर १० बुँदाको कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुरूप नेताहरुले ओलीलाई भेटेका हुन् । यसपछि नेपाललाई पनि भेट्ने नेताहरुले बताएका छन् ।

आफूहरुको बटमलाइन् एमाले एकता रहेको बताउँदै ९ नेताहरुले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ताको माग गरेका छन् । यस्तै ओलीले नेपालसहितका १४ जनामाथि गरेको कारबाही फिर्ता र १० बुँदे कार्यान्वयन हुनैपर्ने नेताहरुको माग छ ।

फेसबुक प्रतिक्रियाहरु