बुधबार, अशोज २, २०८१
  • होमपेज
  • काठमाडौँ महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान
Breaking News

काठमाडौँ महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान

जुनेली न्यूज, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । अभियानअन्तर्गत दुईवटा विद्यालयका शिक्षकलाई ल्यापटपसमेत वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले वडा नं. २५ को कन्या मन्दिर माविका २७ जना र वडा नं. ६ को जनकल्याण माविका ३१ जना शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए ।

‘शिक्षण सिकाइका लागि शिक्षकलाई निःशर्त सामग्री तथा उपकरण दिइनुपर्ने र मोबाइल वा ल्यापटप किन्न नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्ने हुन्छ,’ उनले भने । शिक्षकलाई प्राविधिक ज्ञानका लागि महानगरपालिकाले तालिमको समेत प्रबन्ध गर्ने र अन्य विद्यालयहरूमा समेत क्रमशः ल्यापटप वितरण गरिने शिक्षा अधिकृत मोतीराज खनालले बताए ।

महानगरलाई यस्तो अभियान सञ्चालनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत सहयोग रहेको उनले बताए । कन्या मन्दिर स्कुलले भने यसअघि इजी एप्लिकेसनसमेत प्रयोगमा ल्याइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु