आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • रौतहटमा लागूऔषध मोटरसाइकलमा राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप
दुर्घटना/अपराध

रौतहटमा लागूऔषध मोटरसाइकलमा राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप

काठमाण्डौ | रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लागेको हो ।

मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।तर सीसी टीभी फुटेजमा होटल बाहिर पार्किङ गरेर खाजा खान गएका वेला घुमुवा प्रहरी असई उदय यादव, जवान मनोज शाह लगायतले अन्य दुई युवाको सहयोगमा मोटरसाइकलमा राखेको देखिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लागूऔषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसी टीभी फुटेजबाट प्रस्ट भएकाले निर्दोष देखिएका पत्रकार तथा अर्का व्यक्तिलाई तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्यतथ्य छानविन गरी संलग्नत प्रहरी तथा अन्य सबैलाई कानूनी कठघरामा ल्याउन पत्रकार महासंघ रौहट शाखा जोडदार माग गर्दछ ।

विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु