शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाल शिक्षक संघले विभिन्न माग राख्दै भीमदत्त नगरपालिका कार्यालय क्षेत्रमा आन्दोलनरत
Breaking News

नेपाल शिक्षक संघले विभिन्न माग राख्दै भीमदत्त नगरपालिका कार्यालय क्षेत्रमा आन्दोलनरत

जुनेली न्यूज, काठमाण्डौ | कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय क्षेत्र तनाबग्रस्त भएको छ । नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग जारी गरेको आन्दोलमा प्रहरीले अनावश्यक दमन गरेपछि शुक्रबार विहानै देखि नगरपालिका क्षेत्र तनाबग्रस्त बनेको छ । प्रहरीको लाठीचार्ज आन्दोलनमा रहेका शिक्षक घाइते भएका छन् ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु करिब एक महिना देखि आन्दोलनरत छन् ।

फेसबुक प्रतिक्रियाहरु