जुनेली न्यूज, काठमाण्डौ | दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेको छ | तर सत्ता पक्ष र प्रतिपक्षका धेरै नेताहरुले यसको बिरोध गरेका छन |
उता नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताका लागि आयोग गएको छ ।
फेसबुक प्रतिक्रियाहरु