मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रेम गाहामगरको अध्यक्षतामा (NRNA) युके को बैठक सम्पन्न, नयाँ कार्यसमितिको निर्णयहरु सार्बजनिक
Breaking News

प्रेम गाहामगरको अध्यक्षतामा (NRNA) युके को बैठक सम्पन्न, नयाँ कार्यसमितिको निर्णयहरु सार्बजनिक

जुनेली न्यूज, काठमाण्डौ । गैरआवासीय नेपाली स‌ंघ बेलायत (एनआरएनए युके)को सोम्बत पहिलो बैठक सम्पन्न भएको छ | अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा नयाँ कार्यसमितिको बैठक सम्पन्न भएको हो | बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

अध्यक्ष गहामगरले सपथ ग्रहण कार्यक्रमकै दिन शेरबहादुर सुनारलाई प्रमुख संरक्षकका रुपमा नियुक्त गरेको घोषणा गरे । उक्त बैठकले एनआरएनए युकेको प्रवक्तामा भरतमणि चोङवाङलाई तथा श्याम लुईटेल र आवेश राईलाई सदस्य पदमा नियुक्त गरेको छ । साथै २५ देखि ३१ जना सल्लाहकार चयन गर्ने पनि निर्णय गरेको छ :
उपाध्यक्ष नारायण कँडेल संयोजक तथा उपाध्यक्ष रामचन्द्र पोखरेल र महासचिव खुशी लिम्बु सदस्य रहेको बैठक सन्चालन सम्बन्धी नियमावली तथा आचारसंहिता बनाउने एक कार्यदल बनाइएको छ ।
अल्डरसटस्थित द प्यालेसमा सम्पन्न बैठकले विभिन्न विभागहरु गठन गरी संयोजक र सदस्यहरु समेत तोकेको छ। जस अनुसार मिडिया तथा प्रकाशन विभागको संयोजकमा प्रबक्ता भरतमणि चोङवाङ लाइ चयन गरिएको छ।

महासचिव खुशी लिम्बू एक एनसिसी एक च्यारिटी, सचिव ज्ञानेन्द्र आले व्यापार प्रवर्द्धन्, सचिव विष्णु चालिसे र सदस्य भानु घिमिरे नेपाली खाना प्रवर्द्धन्, कोषाध्यक्ष विष्णुखरेल आर्थिक, युवा संयोजक अनिल मल्ल युवा र महिला संयोजक विमला लिम्बू महिला विभागको संयोजक बनेका छन् ।

उता यस अघिका झैँ गोर्खा तथा खेलकुद विभागको जिम्मा अध्यक्ष गाहामगरले नै लिएका छन्। गोर्खा विभागमा चम्पा थापा र चोङवाङलाई पनि सदस्य चयन गरिएकोछ ।
त्यसैगरी उपाध्यक्षहरु सुनिलबाबु खड्का संघसंस्था समन्वय, गोविन्द खरेल च्यारिटी, नारायण कंडेल कानूनी परामर्श तथा अनुसन्धान र भाषा, मोहन कार्की नागरिकता निरन्तरता, रामचन्द्र पोखरेल सदस्यता र सकुन्तला गुरुङ कला, संस्कृति विभागको संयोजक चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुबाट सपना खनियालेधर्म, बालकृष्ण दाहाल र सुमन शर्मालेदैवीप्रकोप तथा आपतकालीन, सुरेश परियारले कला, आवेश राईले अनलाइन सदस्यता व्यवस्थापन, चेत रानाले युवा र श्याम लुइंटेलले संघसंस्था समन्वय विभाग सदस्य सचिब नियुक्त भएका छन् ।

कार्यालय सन्चालनका लागि कार्यसमितिका हरेक सदस्यबाट हरेक महिना २० पाउण्ड डाइरेक्ट डेविट गर्ने निर्णय गरिएको छ । यसको संयोजनको जिम्मा कोषाध्यक्षलाई दिइएको छ ।
निवर्तमान कार्यसमितिबाट ६ सेप्टेम्बरभित्र बरबुझारथ गर्ने सोमबार बसेको बैठकले निर्णय गरेको छ।

फेसबुक प्रतिक्रियाहरु