शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको बाइडनको भनाइ
Breaking News

अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको बाइडनको भनाइ

जुनेली न्यूज , काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ् । अरबौं डलर खर्च गर्यौं । अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं । तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए । हतियारले सुसज्जित यति धेरै सैनिकले कसरी हार माने यो गम्भीर सोचनीय विषय हो ।’
अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उनले आतंकवादविरुद्धको लडाइँ जारी रहने बताए ।

आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु