बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु,
Breaking News

‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु,

जुनेली न्यूज, काठमाण्डौ | हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको छ | आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।
कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ |
अडिसनको लागि 2 साता समय दिएको छ | यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् ।

शोको यसअघिका ३ श्रृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए भने यसपटकको सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् । पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने बताए । यो शोलाई साहसी खेल समेत मानिन्छ ।
यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् । कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन् हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले कोरोना महामारीबाट बचेर यो शोलाई अगाडि बढाउने जानकारी दिए । निर्देशक सुनुवारले साहसी खेलको रुपमा चिनिएको लोकप्रिय रियालिटी शोमा जोडिन पाउँदा खुशी लागेको बताए ।

असोजबाट यो शोलाई प्रशारण गर्ने तयारी टेलिभिजनले गरेको छ । हिमालय टेलिभिजनले केही दिन अगाडि मात्र ‘द भ्वाइस अफ नेपाल ३’ भव्यताका साथ सम्पन्न गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु