शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोरखामा थप कडाइका साथ् थपियो भदौ ११ सम्म निषेधाज्ञा
समाचार

गोरखामा थप कडाइका साथ् थपियो भदौ ११ सम्म निषेधाज्ञा

जुनेली न्यूज,काठमाण्डौ । गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै भदौ ११ गरे सम्म निषेधाज्ञा लम्ब्याएको छ ।

आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि ११ गतेसम्म निषेधाज्ञा थप गर्दै कडाइ गरेको हो ।जिल्लामा कोरोना संक्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको भनाइ छ |उनले भने । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ ‘बैठक बसेर भदौ ११ सम्म लम्व्याउने निर्णय भयो ।’ थप गरिएको निषेधाज्ञामा कडाइ हुने उनले जानकारी दिए ।

उनका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ । स्वास्थ्य, सुरक्षा, खानेपानी, बिद्युत, संचार, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यवाश्यक सेवाहरु भने बन्द नहुने बताइएको छ ।

बैठकले गरेको निर्णय अनुसार सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाको सेवा प्रवाह बन्द हुनेछन् । बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् ।

अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि ठप्प हुने भएको छ । भौतिक रुपमा उपस्थित भइ हुने पठनपाठन, परिक्षा लगायतका शैक्षिक गतिविधी गर्न पनि रोक लगाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु