शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआरएन महासचिव पदको उम्मेदवारमा दरिलो बन्दै गौरी राज जोशी
Breaking News

एनआरएन महासचिव पदको उम्मेदवारमा दरिलो बन्दै गौरी राज जोशी

जुनेली न्युज, लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को चुनाबमा गौरी राज जोशीले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव समेत रहेका जोशीले सन् २०२१- २३ लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् |

अमेरिकाकामा रहदा पनि निरन्तर आफ्नो देशका अमेरिका बासि नेपालीहरुको लागि  सहयोग गर्दै आएका उनि एक सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता पनि रहेका छन् | जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ भन्ने  नारा लिएर चुनाबामा हुम्मिएका छन् |

सचिव पदमा रहंदा पनि निकै राम्रो काम गरेर साथीभाइको मन जित्न सफल भएका उनि अहिले हुने चुनाबमा पनि महासचिब पदमा सर्वाधिक भोट लिएर जित्नेमा ढुक्क छन् | |

गैर आवासीय नेपाली संघको निर्वाचन २०२१ अक्टोबर अन्तिम तिर अनलाइनमार्फत हुने भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु