सोमवार, चैत्र ४, २०८१
  • होमपेज
  • चार वटा नाता नातिना भएपछी एसइइ, A ग्रेड ल्याएर उतिर्ण
Breaking News

चार वटा नाता नातिना भएपछी एसइइ, A ग्रेड ल्याएर उतिर्ण

जुनेली न्युज, काठमाडौँ| २०७७ सालमा भएको एसइइ परिक्षामा नेपाल भरिबाट सबै भदा बढी उमेरकी एक महिलाले उतिर्ण गरेकी छन् |

काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ६ निवासी ५८ वर्षकी महिला लेख कुमारी पुडासैनीले एसइइ परीक्षामा ग्रेड A ल्याएर उतिर्ण गरेकी छिन्।उनले  बौद्धको उज्जल बिधालय गृहमा भर्ना भएर स्वअध्यान गरेकी थिइन्।

उनको जन्म २०२० सालमा भएको थियो। उनको छोरा बुहारी दुबैजना अस्ट्रेलिया रहेका छन भने छोरीको पनि विबहा भै सकेको छ| साथै २ सन्तानका ४ जना नाता नातिना समेत रहेको उनले बताईन  |

उनी नेपाली काँग्रेस पार्टीको नेतृ समेत  रहेकी छिन्। काठमाडौं जिल्ला क्षेत्र नं ३ नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष रहेकी उनी समाजसेवाका कार्यहरू पनि लामो समय देखि लागि पार्दै आएकी छिन्। पढाइलाई उमेरले छेक्दैन भन्दै बुढेसकाल मै भएपनि आधारभूत शिक्षा हासिल गरेको उनको भनाइ छ । समय र स्वास्थ्यले साथ दियो भने +2 पढ्ने उनको इच्छा रहेको जुनेली न्यूजलाई बताइन् ।

फेसबुक प्रतिक्रियाहरु