शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुलले ओसासुनालाई  ३-१ ले पराजित
समाचार

प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुलले ओसासुनालाई  ३-१ ले पराजित

जुनेली न्यूज, काठमाडौं । रोवर्टो फिर्निनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा ओसासुनालाई  पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो ।

ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो | घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको हो |

फिर्मिनोले २१औं र ४१औं मिनेटमा गोल गरेपछि लिरपुलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।

ओसासुनाका लागि ७० औं मिनेटमा किकेले एक गोल फर्काएका थिए ।

फेसबुक प्रतिक्रियाहरु